धातिवाङ्गमा माेटरबाटाकाे उदघाटन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धातिवाङ्गमा माेटरबाटाकाे उदघाटन



घनश्याम पाैडेल /धातिवाङ्ग, १३ वैशाख

पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा माेटरबाटाकाे उदघाटन भएकाे छ । अामाकाे मुख हेर्ने दिन पारि धातिवाङ्गकै ९३ वर्षीय ज्येष्ठ व्यक्तित्व छविलाल पाैडेलले रिवन काटेर उदघाटन गर्नुभएकाे हाे ।

धातिवाङ्ग मावि, ढाव, बाेखर, दहकाचाैर उपभोक्ता समितिले गत फागुन २६ गते माेटरबाटाे खनेर सम्पन्न गरेकाे थियोे ।

श्रृनगर यातायातकाे लु १ ज १५२३, लु १ ज २१५१ र देउराली यातायातकाे ग १ ज ४०२५ नम्बरका तिनवटा जिप, दर्जनौं माेटरसाइकल र धातिवाङ्ग बासिहरूकाे उपस्थित रहेकाे थियाे ।

माेटरबाटाे उदघाटन गर्दै पाैडेलले यस्तो गाउँकाे टाेलटाेलमा गाडी अाउँला भनेर साेचिएकाे थिएन, २० बर्षकाे हुदाँ बुटवल गएकाे थिए, गाडी देखिएका थिएनन, यस्ताे यातायातका साधन चल्लान भनेर साेचेकाे पनि थिएन, अहिले आएर टाेलटाेलमा माेटरबाटाे पुग्दा निकै विकास भएकाे देखेकाे छु पाैडेलले भने ।

उदघाटनमा नेपाली काँग्रेसका क्षेत्र नम्बर २ का सदस्य हरिप्रसाद पाैडेल, एमाले धातिवाङ्गका अध्यक्ष थानेश्वर पाैडेल, माअाेवादि केन्द्रका धातिवाङ्ग अध्यक्ष मनमाेहन थापा, स्वास्थ्य चाैकि इन्चार्ज मित्रवेद पाैडेल, धातिवाङ्ग वडा कार्यालय सहायक इन्द्रमणि पाैडेल, वडा प्राविधिक कमल थापा लगाएतले मन्तव्य राख्दै नयाँ खनिएको माेटरबाटाले धातिवाङ्गका यात्रुहरूलाई फाइदा पुग्ने गरी कसैकाे घरबार नजाने गरी कम क्षति गरेर माेटरबाटाे खनेकाे बताए ।

याे माेटरबाटाे उदघाटन भएसँगै धातिवाङ्गका टाेलटाेलमा माेटरबाटाे पुगेसँगै स्थानीय निकै हर्सित भएका छन् । माेटरबाटाे उदघाटनमा बाजागाजा, नाचगान सहित उदघाटन गरिएकाे थियाे ।

उदघाटन समाराेह उपभोक्ता समितिका अध्यक्ष गाेविन्द पाैडेलकाे अध्यक्षता र पत्रकार घनश्याम पाैडेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।