डेढलाख भन्दाबढी नक्कली नोटसहित एक जना पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

डेढलाख भन्दाबढी नक्कली नोटसहित एक जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौँको गोंगबुस्थित डेरा गरी बस्ने एक जनालाई १ हजारका नक्कली नोटसहित पक्राउ गरेको छ । महानगरिय प्रहरी बृत्त गोगंवुले शनिबार राति गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट १ लाख ५२ हजार नेपाली नक्कलीनोट फेला निकालेको हो ।

प्रहरीका अनुसार कुँवरलाई नियन्त्रणमा राखिएको छ भने अर्का मियाँ फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । फाइल तस्वीर :