धेरै खाना खाएर अप्ठ्यारो भएको छ यसो गर्नुहोस ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धेरै खाना खाएर अप्ठ्यारो भएको छ यसो गर्नुहोस !



एजेन्सी – कहिलेकाहिँ हामी नचाहँदा नचाहँदै पनि टन्न खाने गर्छौं । विशेष अवसर, खानाको परिकारको स्वाद, भोक लागेको अवस्था, थालमा पस्किएको खाना फाल्न नसक्नुको स्थिति आदि कारणले हामी मनग्य खान्छौं । यसबाहेक कतिपय खाने शैली विशिष्ट हुन्छ । बिहान ब्रेकफास्टमा चिज र पिज्जा, दिउसो लन्चमा पेटै फुल्ने भोजन  र टन्न डिनरपछि गुलिया डेर्जट । धेरैले खानेकुरामा बिचार पुर्याउँदैनन् र रोगको शिकार बन्छन् । मन नियन्त्रण गर्न नसक्दा खानेकुराले स्वास्थ्यमा जोखिम बढाउँछ । धेरै खानेकुराले अपच बाहेक यसले पेटभित्र विष बढाउँछ । धेरै भोजन खाएपछि पेटमा उत्पन्न हुने बिकार हटाउन विभिन्न तरिका अपनाउन सकिन्छ । धेरै मात्रामा खाएको खानाको असरबाट बच्ने उपाय यसप्रकार छन्ः

 १ ग्रीन टीः धेरै खानेकुरा खाएपछि पेटभित्रको अनावश्यक विकार हटाउन ग्रीन टी महत्वपूर्ण मानिन्छ । धेरै खाना खानु भएको छ र बिहान उठ्दा पनि असहज हुन्छ भने बिहान उठ्ने बित्तिकै ग्रीन टी खानु राम्रो मानिन्छ । ग्रीन टीले ब्लडसुगरको तह र खानाप्रतिको आशक्ति समेत नियन्त्रण गरिदिने विभिन्न अध्ययनले देखाएका छन् ।

२ बिहानको  भोजनमा दही, ब्ल्याकबेरी, ब्लुबेरी वा अन्य मौसमी फलफूल खानुहोस् । दहीले अपच हुनबाट बचाउँछ । अघिल्लो रात मदिरा सेवन गर्नुभएको छ भने बिहान दही र विभिन्न प्रकारका बेरीले पेट सफा गरिदिन्छ ।

३ रातीको खानले बिहानसम्म पनि असहज भइ्रहेको छ भने बिहान उठ्नेबित्तिकै नरिवल पानी पिउनुहोस् । नरिवल पानीमा प्रशस्त मात्रामा एन्टिअक्सिडियन्ट र पोटासियम हुन्छ । यो दुबै तत्वले बेलुका खाएको धेरै खाना र ह्याङओभरबाट मुत्तः गराउँछ । रातीको बढी नुनिलो खानेकुराको साइड इफेक्टबाट जोाउन पोटासयुक्त खानेकुराले सहयोग गर्छ । केरा र आलुमा प्रशस्त पोटास हुने भएकोले ब्रेकफास्टमा यी दुबै खानेकुरा समावेश गर्दा उपयुक्त हुन्छ ।

४ प्रशस्त पानी भएका फलफूल जस्तैः खरभुजा, स्ट्राबेरी, भुइँकटहर निकै प्रभावकारी मानिन्छन् । यी फलफुलको दोहोरो फाइदा हुन्छ । पहिलो त यी फलफुलमा प्रशस्त पानी हुन्छ जसले अघिल्लो रात खाएका पेटका बिकार हटाउन सहयोग गर्छ । दोस्रो यी फलफुलमा प्रशस्त फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई सहयोग गर्छ । यी फलफूलमा शरिरलाई आवश्यक भिटामिन र खनिज पनि हुन्छन् ।

तपाई सप्ताअन्तको डिनरले बिहान उठ्न पनि गाहो भएको छ भने बिहान उठ्ने बित्तिकै कम्तिमा दुई गिलास मन तातो पानी पिउनुहोस, र त्यसको केही मिनेटपछि कालो चिया खानुहोस् । पानी र कालो चियाले तपाईं पेटको आन्तरिक बिकारलाई हटाउन सहयोग गर्छ ।