जडेजालाई हटाएर धोनीलाई नै दिइयो चेन्नाईको कफ्तानी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जडेजालाई हटाएर धोनीलाई नै दिइयो चेन्नाईको कफ्तानी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन् ।

कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले जानकारी दिएको छ ।

जडेजाले आफ्नो प्रदर्शनमा ध्यान दिने भन्दै कप्तानी छाडेको जनाएका छन् । धोनीले जडेजाले आग्रह गरेपछि कप्तानी सम्हालेको बताएका छन् ।