धोनीले स्वीकारे गल्ती: अब सुधारिएला त चेन्नईको खेल ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धोनीले स्वीकारे गल्ती: अब सुधारिएला त चेन्नईको खेल ?



काठमाडौं- आईपीएलको १३ औं सिजन अहिले युएईमा जारी छ । कोरोना भाइरसको महामारीका कारण भारतमा हुनुपर्ने प्रतियोगिता युएईमा भइरहेको छ । यो प्रतियोगितामा तीन पटकको च्याम्पियन चेन्नाई सुपर किंग्सको एकदमै निराशाजनक प्रदर्शन जारी राखेको छ ।

यस्तो प्रदर्शन सायदै चेन्नाईका समर्थकहरुले अपेक्षा गरेका थिएनन् । शनिबार राति पनि चेन्नाई रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित हुन पुग्यो । चेन्नाईको यो जारी सिजनमा पाँचौं हार हो । सात खेल मध्य चेन्नाईले अहिलेसम्म २ खेलमा मात्रै जित हात पारेको छ ।

अब बाँकी रहेका सात खेलमा कस्तो प्रदर्शन गर्छ त्यसैका आधारमा चेन्नाईको भविष्य निर्भर हुने छ । चेन्नाईको खराब प्रदर्शनमा कप्तान महेन्द्र सिंह धोनीले एक पटक फेरि ब्याट्सम्यानको कारण खेल हारेको बताएका छन् । तर उनी आफै पनि सफल कप्तानका साथै सफल ब्याट्सम्यान भन्ने कुरा विर्सिएका छन् । उनको प्रदर्शन पनि सन्तोस जनक छैन ।

बैंग्लोरले दिएको १७० रनको लक्ष्य चेन्नाईका ब्याट्सम्यानलाई पहाड सावित हुनु आफैमा दुःखको कुरा पनि हो । जुन खेलमा चेन्नाई ३७ रनले पराजित हुन पुग्यो । धोनीका सेनाले पुरै २० ओभर खेल्दा पनि जम्मा १३२ रन मात्रै बनाउन सके । खेलपछि धोनीले आफ्ना बलर भन्दा पनि ब्याट्सम्यानको दोष देखाए ।

यसअघि पनि कोलकताले बनाएको १६८ रनको जवाफमा चेन्नाई १५७ रनमा रोकिएको थियो र उक्त खेलमा १० रनले पराजय भोगेको थियो । उक्त खेलमा पनि धोनीले जम्मा ११ रन बनाएका थिए ।

धोनीले भने ‘हामीले पहिला बलिङ गर्दा अन्तिम चार ओभरमा राम्रो गर्न सकेका छैनौं । फिनिसिङमा चुक्नुनै हामीबाट भएको ठूलो गल्ति हो ।’

यसैगरी धोनीले अगाडि थपे ‘ब्याटिङ पनि हाम्रालागि चुनौती बन्दै गएको छ । यसका लागि आगामी खेलमा हामीले सुधार गर्नै पर्छ ।’

टिमले रणनीति बनाउन पनि नसकेको स्वीकार गर्दै ६–१४ ओभरमा कसरी ब्याटिङ गर्ने त्यो रणनीतिका साथ अघि बढ्ने पनि बताए ।

साथै बलिङ गर्दा पनि शुरु र अन्तिममा धेरै रन दिनु नै चेन्नाईका लागि चुनौतीको विषय बनेको पनि धोनीको भनाई छ ।

एजेन्सीको सहयोगमा