'गिनीज बुक'मा धोनीको नाम : एक छक्काको मूल्य १.६ लाख डलर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘गिनीज बुक’मा धोनीको नाम : एक छक्काको मूल्य १.६ लाख डलर



एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप २०११ को उपाधि जिताउँदै तत्कालिन कप्तान महेन्द्र सिंह धोनी २८ वर्ष पछि भारतका लागि एक अमर कप्तान भए । उनले आफ्नो क्रिकेट जीवनमा कप्तानी र ब्याटिङबाट कयौ रेकर्ड बनाए ।

तर, धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहेको धेरैलाई थाहा नहुन सक्छ । धोनीले आफ्नो कप्तानीमा भारतीय क्रिकेट टिमलाई टेस्ट र एकदिवसीयमा आइसिसी वरियताको नम्बर एकमा पुर्याएका थिए ।

पूर्व भारतीय दिग्गज कप्तान सचिन तेन्दुलकर, राहुल द्रविड र सौरव गांगुली पछि भारतका लागि सर्वाधिक रन जोड्ने कप्तानको रेकर्ड धोनीको नाममा छ । क्रिकेटमा तीन वटै विधामा बनाएको रन जोड्ने हो भने उनको स्कोर सबै भन्दा बढी छ ।

गिनीज बुक अफ वल्ड रेकर्ड’मा धोनीको नाम

पूर्व भारतीय कप्तान धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा छ । उनको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा रहनु २०११ को विश्वकपको विजयी छक्का हो ।

धोनीले श्रीलंकाविरुद्धको विश्वकप फाइनल खेलमा छक्का प्रहार गर्दै २८ वर्ष पछि भारतलाई उपाधि दिलाएका थिए । धोनीले फाइनल खेलमा छक्का हानेको ब्याट दुनियाको सबै भन्दा महंगो ब्याट बनेको छ ।

लाखौ डलरमा बिक्यो ब्याट

भारतको एक कम्पनी आर के ग्लोबल एन्ड सेकुरिटी लिमिटेडले धोनीको उक्त ब्याटलाई किन्नका लागि लाखौ डलर खर्चेको थियो । जहाँ कम्पनीले उक्त ब्याटका लागि १ लाख ६१ हजार २९५ डलरको बोली लगाएको थियो । यती महंगो ब्याट बिक्री भएका करण धोनीको नाम ‘गिनीज बुक अफ वल्ड रेकर्ड’मा राखिएको हो ।