धोनी अहिलेसम्मकै सर्वश्रेष्ठ कप्तान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

धोनी अहिलेसम्मकै सर्वश्रेष्ठ कप्तान



एजेन्सी- इंग्ल्यान्डका क्रिकेट खेलाडी केवीन पीटरसनले दुईपटकका विश्वकप विजेता महेन्द्रसिंह धोनी अहिलेसम्मकै सर्वश्रेष्ठ कप्तान रहेको दाबी गरेका छन् ।

पिटरसनले धोनीको सर्वश्रेष्ठताको विषयमा प्रश्न उठाउन सम्भव नभएको बताएका छन् ।

पिटरसनले भने, ‘सर्वश्रेष्ठको विषयमा प्रश्न उठाउन सम्भव छैन । अपेक्षाको चुनौतीहरूको बीचमा उनले गरेको उपलब्धिलाई हेरेर यस विषयमा प्रश्न उठाउन कठिन छ ।’

पिटरसनले यो कुरा स्टार स्पोर्टसलाई भनेका हुन् । भारतले धोनीको कप्तानीमा सन् २००७ मा टी २० विश्वकप र सन् २०११ मा विश्वकप जितेको थियो ।

भारतले धोनीकै कप्तानीमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी पनि जितेको थियो ।