धोनीले आर्मीको तालिम गर्ने : सन्यास नलिने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

धोनीले आर्मीको तालिम गर्ने : सन्यास नलिने



एजेन्सी – भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आगामी दुई महिना सम्म आर्मीमा तालिम गर्ने भएका छन्।धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नल हुन् ।

शनिबार भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई) ले आधिकारीक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम फिर्ता लिएको जनाएको छ । त्यस्तै धोनीले तत्काल आफ्नो क्रिकेट करिअरबाट सन्यास नलिने भएका छन् ।

धोनीका म्यानेजर अरूण पाण्डेले धोनीले तत्काल सन्यास नलिने बताएका छन्। ढल्किदो उमेरसँगै विश्वकपछि धेरैले धोनीले सन्यास लिन सक्ने अनुमान गरेका थिए । तर उनका म्यानेजर पाण्डेले पीटीआईसँग कुराकानी गर्दै सन्यास नलिने पुष्टि गरेका हुन् । भारतले आईतबार वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे क्रिकेटको लागि आफ्नो सदस्य घोषणा गर्ने बताईएको छ ।

३८ वर्षीय धोनी आगामी वान डे विश्वकप नखेल्ने हुँदा उनको स्थानमा युवा खेलाडीलाई मौका दिनु पर्ने कसैको तर्फ छ भने केहि चर्चित बिश्लेषकहरुले धोनीलाई टोलीमा निरन्तरता दिनुपर्ने बताउदै आएका छन् । भारत गत आइतबार इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा न्युजिल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएपछि धोनीको सन्यासको चर्चा चलेको थियो ।

टी ट्वान्टी विश्वकप,वान डे विश्वकप र च्याम्पिनयशीप ट्रर्फि गरि आईसीसीको तीनै प्रतियोगिता जिताउने धोनी विश्वका एक्लो कप्तान हुन् ।