धुलिखेल १ को अध्यक्षमा कांग्रेसका लामा विजयी « Himal Post | Online News Revolution
Logo

धुलिखेल १ को अध्यक्षमा कांग्रेसका लामा विजयी



काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् । उनी ५ सय ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका एमाले उम्मेदवारले ४ सय ६७ मत ल्याएका छन् ।

वडा नम्बर १ मा १२ सय ८४ मत खसेको थियो । मेयरमा भने स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायमै राखेका छन् ।

उनले ५ सय ७२ मत ल्याउँदा नेकपा एमालेका अशोकुमार ब्याञ्जुले ४ सय ७६ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका निराजन जंगमले अग्रता लिएका छन् ।

उनले ५ सय ८७ मत पाएका छन् । एमालेकी उपमेयर उम्मेदवार लालतारा अधिकारीले ४ सय ८२ मत पाएकी छिन् ।