धुर्काेट “गुल्मी ” रुपन्देही सम्पर्क तर्दथ समाज गठन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

धुर्काेट “गुल्मी ” रुपन्देही सम्पर्क तर्दथ समाज गठन



रुपन्देही २६ चैत्र

सङ्घीय संरचना अनुसार सरकारले गाविसलाई गाउपालीकामा रुपन्तरण गरेपछि बनेका गाउपालिकालाई समेटेर धुर्काेट गुल्मी रुपन्देही सम्पर्क समाज गठन गरिएको छ ।

धुर्काेट गाउपालिका अन्तर्गत साबिक वाग्ला गाविस, धुर्काेटरजस्थल गाविस, हाडहाडे गाविस, नयागाउ गाविस, पिपलधारा गाविस बस्तु गाविस र जैसीथोक गाविसलाई समेटेर धुर्काेट गुल्मी रुपन्देही सम्पर्क समाजको तर्दथ समिति गठन गरिएको छ । तर्दथ समितिको अध्यक्षमा राम प्रसाद पौडेल “वाग्ला ”, उपाध्यक्षमा अर्जुन ज्ञवाली, “ पिपलधारा”सचिव नबराज भन्डारी, “ वस्तु ”सहसचिब यदुमणि पोखरेल “ नयागाउ ” र कोषाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे “ धुर्काेट रजस्थल ” रहेका छन् भने सदस्यमा विक्रम खडका “पिपलधारा ” चन्द्रकान्त खनाल, “ धुर्काेटरजस्थल” भिमकान्त पन्थी “वाग्ला ” राजेन्द्र घिमिरे “वाग्ला ” दया भन्डारी “वस्तु ” ईश्वरी खनाल “जैसीथोक ” दीपक खनाल “ जैसीथोक” जङ्ग बहादुर श्रीस “हाडहाडे ” हेमराज पोखरेल “ नयागाउ” र आमन्त्रीत सदस्यमा वासुदेव पोख्रेल “नयागाउ ” रहेका छन् ।

तर्दथ समितिको भेलाले विभिन्न निर्याहरुसमेत गरेको छ । सल्लाहकार समिति गठन, विधान मसौदा समिति गाउपालिकाको वृहत् भेला गराई पूर्ण समिति गठन गर्न निर्णय गरेको छ । अहिलेको तर्दथ समिति रहेको ले सबैलाई समेटने गरी बृहत् भेलाको तयारी गरिरहेको तर्दर्थ समितिका अध्यक्ष राम प्रसाद पौडेलले बताए ।