५ अबर्को नयाँ अभियानमा धुर्मुस सुन्तली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

५ अबर्को नयाँ अभियानमा धुर्मुस सुन्तली



हिमाल पोस्ट /साउन १७

‘धुर्मुस-सुन्तली’ फाउन्डेसनले पाँच अर्ब रुपैयाँमा निर्माण गर्न लागेको महत्वाकांक्षी योजना ‘नमुना नेपाल’ निर्माणका लागि सरकारी स्विकृतीको प्रक्रियामा छ ।

‘नमुना नेपाल’ निर्माणका लागि ललितपुरको गोदावरी नगरपालिका वडा नं–५ को लेले स्थित खाँवा डाँडालाई छनोट गरिएको छ ।

फाउन्डेसले आर्थिक सहायता जुटाउन सामाजिक संजालमा अभियान सुरु गरिसकेको छ ।

विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा निर्माण हुन लागेको हो ।

‘धुर्मुस(सुन्तली’ फाउन्डेशनले कोरेको खाका अनुसार, ‘नमुना नेपाल’भित्र मिनि रेल, सांस्कृतिक संग्रहालय, स्टेडियम, प्रतीकात्मक हिमाल, लुम्बिनी, मुक्तिनाथ, भ्यु टावरसहितको धरहरा, पशुपति, बौद्धनाथ आदि विविध सांस्कृतिक, धार्मिक स्थलहरू हुनेछन् ।

यस परियोजनाबाट नेपाल भरी रहेका सम्पुर्ण जातजातीको संस्कृतीक प्रतिनिधित्व हुने गरी एकै स्थानबाट पुरै नेपाल हेर्न, देख्न र महशुस गर्न सकिनेछ ।

अभियानलाई साथ दिनका लागि उनीहरुले सामाजिक संजालमार्फत आग्रह गरेका छन् ।