नासा भन्छ: अस्ट्रेलियाको डढेलो विश्वकै लागि खतरा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नासा भन्छ: अस्ट्रेलियाको डढेलो विश्वकै लागि खतरा



काठमाडौं- तीन महीना देखि नियन्त्रणमा आउन नसकेको अष्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी एक फन्को घुमाउने नासाले जनाएको छ ।

पृथ्वी एक फन्को घुमाएर फेरि अष्ट्रेलिया नै पुग्ने पनि नासाले जनाएको छ । नासाका अनुसार, नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भइसकेको छ ।

जसले ८ जनवरीसम्म आधा पृथ्वी घुमिसकेको छ ।

अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोको धुवाँ प्रशान्त महासागर तर्फ बढेको नासाले जनाएको छ ।

अष्ट्रेलियाको डढेलोमा परी २८ जनाको मृत्यु भएको छ भने दुई हजार बढी घर ध्वस्त हुनाका साथै ५० करोड बढी जंगली जनावर मरिसकेका छन् ।

यो डढेलोबाट जलवायु परिवर्तनमा असर पुग्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।