मन्त्री श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप पटेल नियुक्त - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्री श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप पटेल नियुक्त



काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको स्वकीय अधिकृतमा दिलिप कुमार पटेल नियुक्त भएका छन् । मन्त्री श्रेष्ठको सचिवालयले पटेललाई स्वकीय अधिकृत तहमा नियुक्त गरिएको जानकारी दिएको छ ।

संघीय मामिला मन्त्रीको स्वकीय अधिकृत नियुक्त भएका पटेल जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघका केन्द्रीय उप-महासचिव हुन ।

पटेलले नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा पाउनेछन् ।

राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा सहभागी भएको थियो । श्रेष्ठ क्याबिनेटमा पाँचौँ वरियतामा छन् ।