थ्रेस होल्ड्को बिषयलाई लिएर नयाँ शक्तिद्वारा दिल्ली स्थित दूतावासमा ज्ञापनपत्र - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

थ्रेस होल्ड्को बिषयलाई लिएर नयाँ शक्तिद्वारा दिल्ली स्थित दूतावासमा ज्ञापनपत्र



नयाँ शक्ती पार्टीले थ्रेसहोल्डको बिषयलाई लिएर आफ्ना मागहरु नयाँ दिल्ली स्थीत नेपाली राजदुतावास समक्ष राखेको छ । सोमबार एनसीआर संयुक्त रास्ट्रिय समिती अन्तराष्ट्रिय नेपाली समाज भारतका संयोजक रमेश शर्मा र अन्तरास्ट्रिय नेपाली समाजका केन्द्रिय संयोजक मोहन रावत नेतृत्वको समुहले ज्ञापनपत्र  सहित  आफ्ना असन्तुष्टी सहिदका मागहरु नयाँ दिल्ली स्थीत नेपाली दुतावास समक्ष राखेको हो ।

दुतावासलाई बुझाईएको ज्ञापनपत्रमा मददाता सुचिमा नाम छुटेका नेपालीहरुको मतदानको अधिकार सुनिश्चित गरिनु पर्ने, दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने, मानव अधिकार र लोकतान्त्रिक अधिकारको पुर्ण पालन हुनु पर्ने, अन्तरास्ट्रिय नेपाली समाज भारत लगायत बाहिर रहेका संगठनहरुले पनि निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्ह पाउनु पर्ने, सीमित शासक दलहरुको सिन्डिकेटको खारेजी, प्रवासी नेपालीलाई पनि निर्वाचनमा भागलिने वातावरणको सृजना लगायतका मागहरु गरिएको छ ।

 

यस्तो छ ज्ञापनपत्रको पुर्ण पाठ:

 

ज्ञापनपत्र

विषय थ्रेसहोल्डको नाउँमा दलहरुमा लगाइएको प्रतिबन्ध सम्बन्धमा

 

श्रीमान महामहिम राजदुत ज्यु !

नेपाली राजदुतावास ,बार्‍हखम्बा रोड
नयाँ दिल्ली ( भारत )

 

१- लाखौंको संख्यामा मतदाता सुचिमा नाम छुटेको हुँदा यथाशीघ्र नामावली संकलन गरि मतदानको अधिकार सुनिश्चित गरियोस् ।

२ -नेपालको संविधानको धारा २६९ (७०)(७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरित स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेको छ जसलाई तुरुन्त संशोधन गरि सबै दलहरुले आ- आफ्नो पहिचान सहित चुनावमा भागलिन पाउनुपर्ने व्यबस्था तुरुन्त गरियोस् ।

३- शान्तिपूर्ण धर्ना प्रदर्शन कार्यक्रम गर्दा पनि सामान्य मानव अधिकार र लोकतान्त्रिक अधिकारको बर्खिलाप हुनेगरी गरिएको दमन र गिरफ्तारको घटनाप्रति अन्तरास्ट्रिय नेपाली समज भारत घोर भर्त्सना गर्दछ ।

४- निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्ह प्राप्त गर्न अन्तरास्ट्रिय नेपाली समाज भारत लगायत बाहिर रहेका संगठनहरुको नैसर्गिक अधिकारको प्रत्याभूति गर्नका निम्ति निरन्तर संघर्ष गरिरहने जानकारी गराउन चाहन्छौ ।

५ -नयाँ शक्ति पार्टी, नेपालले निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि अन्तरास्ट्रिय नेपाली समाज भारत , भारतको राजदुतावास मार्फत सच्याउन जोरदार अपिल गर्दछ ।

६- संविधान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा पनि सीमित शासक दलहरुको सिन्डिकेट लागू गर्नु असंवैधानिक अलोकतान्त्रिक भएकोले अन्तरास्ट्रिय नेपाली समाज भारत तुरुन्त खारेजीको जोरदार माग गर्दछ ।

७- स्थानीय चुनावको लागि भइरहेको तयारीको लागि अन्तरास्ट्रिय नेपाली समाज पनि सकारात्मक रहेकोछ तर निर्वाचनको लागि पुरानो नामावली प्रयाप्त नभएको हुँदा नामावलीमा समावेश हुन नसकेका लाखौं नामहरु राख्न छुट्न पुगेका नामहरु पुनः समावेश गरियोस् ।

८- भारतमा अन्यदेशको तुलनामा अधिकांश नेपाली प्रवासी नागरिकहरु रहँदै आएका हुँदा भारतका प्रवासी नेपाली जनताहरु लाई पनि नेपालका हरेक निर्वाचनमा भागलिन नेपाली जनताको हकमा भारतबाट पनि मताधिकारको वातावरण बनाइयोस ।

धन्यवाद

 

रमेश शर्मा
एनसीआर संयुक्त रास्ट्रिय समिती अन्तराष्ट्रिय नेपाली समाज भारतका संयोजक

 

मोहन रावत

अन्तरास्ट्रिय नेपाली समाजका केन्द्रिय संयोजक