दिल्लीमा स्वास्थ्य सहजिकरण संस्था स्थापना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दिल्लीमा स्वास्थ्य सहजिकरण संस्था स्थापना



नयाँ दिल्ली /जेष्ठ १५ 

नेपालबाट उपचारका लागि भारत आउने  बिरामीहरुलाई सहज र शुलभ तरिकाले सेवा पुर्‍याउने उद्येश्यले भारतको राजधानी दिल्लीमा स्वास्थ्य सहजिकरण संस्था स्थापना भएको छ । कियर फर क्युर नामक उक्त संस्थाले नेपाली बिरामीहरुलाई पर्ने साना देखी ठुला र अत्यावश्यक सेवाहरू प्रदान गर्ने उद्येश्यका साथ आफ्ना सेवाहरू सार्वजनिक गरेको छ ।

रोगीको अवस्था हेरी सम्बन्धित अस्पताल सम्म लाने ल्याउने देखी नेपालबाट दिल्ली आउने  बिरामीहरुका लागि सुलभ शुल्कमा यातायात सेवा पनि प्रधान गर्ने कियर फर क्युरका एल पी पाण्डेले हिमाल पोस्टलाई जनाकारी गराउनु भएको छ ।

सार्वजनिक गरेको सूचना अनुसार नेपाली बिरामीले पाउने सुविधाहरू निम्न छन्
-नेपालबाट दिल्ली आउने बिरामीलाई दिल्लीको अस्पतालमा लाग्ने अन्तर्राष्ट्रिय शुल्क मिनाह गर्न पहल गरिने ।

-नेपालबाट आउने बिरामीलाई फस्र्ट फ्री कन्सल्टेण्टको व्यवस्थाका लागि पहल गरिनुका साथै आवश्यक परामर्शको व्यवस्था गरिने ।

-नेपालदेखि नै दिल्लीको अस्पतालमा अपाईंटमेण्टको व्यवस्था गरिने ।

-नेपालदेखि नै दिल्लीको अस्पतालमा लाग्ने खर्चको जानकारी दिइने ।

-सर्जरी गर्नु पर्ने बिरामीका लागि सर्जिकल उपकरणको व्यवस्था सहज तरिकाले उपलब्ध गराईने ।हाड जोर्निका बिरामीको लागि आवश्यक पर्ने वाँकर, आर्म सिल्क र अन्य सामानको व्यवस्था मिलाईने ।

-होम कियरका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणको व्यवस्था मिलाईदिने ।

-दिल्लीमा रहनका लागि होटेल, गेस्ट हाउसको व्यवस्था गरिने साथै लामो समय बस्नु पर्ने बिरामी र बिरामीका आफन्तहरुका लागि बैकल्पिक सस्तो दरका गेस्ट हाउसको पनि व्यवस्था गरिने ।

-नेपालबाट दिल्ली जान र फर्कनका लागि हवाई, बस र ट्रेनको व्यवस्था सुलव शुल्कमा गरिने ।

-आवश्यक परे समय-समयमा अनुसारका वस्तुगत तथा प्रबिधिक व्यावस्थापन गरिने ।

-समय समयमा निसुल्क स्वाथ्य सेवा प्रदान गरिने  ।