दिल्लीमा हातेमालोद्वारा एसियन लेभल क्विज्मेनिया सिजन-६को भारतीय संस्करण सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दिल्लीमा हातेमालोद्वारा एसियन लेभल क्विज्मेनिया सिजन-६को भारतीय संस्करण सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली ,२५ 

भारतको राजधानी नयाँ  दिल्लीमा रही सी.ए अध्ययनरत नेपाली विद्यार्थीहरूको  संस्था “हातेमालो नेपाली विद्यार्थी समूह”ले “ एसियन लेभल क्विज्मेनिया सिजन-६” को भारतीय संस्करण तथा पहिलो हातेमालो क्यिजको फाईनल राउण्ड सम्पन्न गरेको छ।

महानायक राजेश हमालको प्रमुख आतिथ्यता रहेको उक्त  कार्यक्रममा  विशिष्ट अतिथिमा हिन्दु राष्ट्र पुनःस्थापना मञ्चका सस्थापक ई विष्णु प्रसाद बराल,एक्रेटिभ मिडियाका हरि पोखरेल आदि   रहनु भएको थियो ।साथै कार्यक्रममा भारतमा रहेका  विभिन्न राजनैतिक एवंम् गैर राजनैतिक  सङ्घ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

एसियन लेभल प्रतियोगिताको अडिसन “हातेमालो नेपाली विद्यार्थी समूह”की  अध्यक्ष अायुस्मा अर्यालले लिनुभएको थियो । जसमा अब  काठमाडौँमा हुने मुख्य प्रतियोगिताका लागि मोडर्न स्कुल र बिरला विधा निकेतन छनोट भएको भएका छन्  । साथै  पहिलो हातेमालो क्यिजको प्रथम विजेता फ्याल्स   टिम (सागर बुढाथोकी  र उज्जवल पोखरेल) र  दोस्रो  टिम  भ्त्साल ब्वाईज  (सागर भट्टराई  र  सुशील चन्द्र लम्साल) र टिम 360 डिग्री  (सुमन जङ कार्की र रन्जित भण्डारी) भएका छन्।

क्यिज  समाप्त भए पश्चात्  संस्कृतिक साँझको आयोजना गरिएको  थियो। समारोहमा प्रस्तुत गरिएका मनमोहक सांस्कृतिक प्रस्तुतिहरूले सबैको मन जित्न सफल भएको थियो । उक्त समारोहमा क्विज विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार समेत प्रदान गरिएको थियो ।

महानायक हमाल विद्यार्थीहरूको बिचमा छमछमी नाचेर विद्यार्थीलाई हौसला प्रदान गर्नु भएको  थियो ।ई बरालले सिए विद्यार्थीहरू आफ्नो ज्ञान  आर्जन गरेपछि आफ्नो देशमा फर्कनु  पर्ने भन्दै  सिएहरुको  देश भित्रै खाचो समेत भएको बताउनु भयो  ।उहाँले देश भ्रष्ट्राचाले लिप्त  भइरहेको बेला देशलाई भ्रष्ट्राचार मुक्त बनाउने जिम्मा   सिएको काधमा रहेको थप बताउनु भयो ।एक्रेटिभ मिडियाका हरि पोखरेलले क्विज मेनियाको भारत संस्करण आयोजना गर्न समन्वय गरे बापत हातेमालो प्रति अन्तरहृदयदेखि नै धन्यवाद ज्ञापन गर्नु भएको थियो  ।

संस्थाकी अध्यक्ष आयुष्मा अर्यालको  सभापतित्वमा  सम्पन्न उक्त कार्यक्रमको  सञ्चालन   सहसचिव समृद्धि ढकाल र  कोषाध्यक्ष स्वरूप डुङ्गनाले गर्नु भएको थियो । कार्यक्रमा टपर्स ईस्टिचियुटको हल लक्ष्मीनगरमा  सम्पन्न भएको हो ।