दिल्लीमा भूमिका ,अर्जुन र सित्तलले झुमाए दर्शक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दिल्लीमा भूमिका ,अर्जुन र सित्तलले झुमाए दर्शक



हिमाल पोस्ट /नयाँ दिल्ली ,साउन ३२

भारतको राजधानी दिल्लीको गोबिन्द पुरी काल्काजीको  एमसिडी पार्कमा कृष्ण जन्माअष्टमिको  अवसर पारेर श्री पशुपति सम्पर्क मंचले राखेको सास्कृतिक कार्यक्रममा  लोक दोहोरि गायिका भूमिका गिरी ,सित्तल शर्मा र गायक अर्जुन कौसलले दर्शकालाई झुमाएका छन् ।

नेपाली राजदुतावासका शिक्षा साँस्कृतिक विभाग प्रमुख कृष्ण प्रसाद पन्त प्रमुख अतिथिको रुपमा रहेका थिए ।विशिष्ट अतिथिको रुपमा इन्जिनियर बिष्णु प्रसाद बराल, एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष राम नेपाल र वरिष्ठ सल्लाहकार शेखर कुँवर, नेपाली दूतावासका काउन्सेलर ओम प्रकाश जोशी, प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी र नेपाल पत्रकार महासंघ भारतका उपाध्यक्ष देबेन्द्र कुँवर रहेका थिए भने, विभिन्न गैर राजनैतिक सामाजिक संघसँस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा रहेका थिए ।

१५ अगष्ट अर्थात भारतको स्वतन्त्रता दिवसको दिन गरिएको उक्त कार्यक्रममा आधुनिक गायक अर्जुन कौसल, लोकदोहोरी गायक राम गहतराज ,सुरज बिसी ,धुर्ब राना  ,देउडा गायक गणेश साउद ,मेरी बास्सैका हास्यकलाकार प्रकाश कंडेल ‘गुलेली कान्छा’ र साथमा ,देश भक्त आवाजको सास्कृतिक निर्त्य प्रस्तुत गरेका थिए ।

मंचका अध्यक्ष तुलसी ढकालले अध्यक्षता गरेको कार्यक्रमको संचालन भने लोकप्रिय उद्घोषिका एवं गायीका  शीतल शर्माले गरेकी थिईन भने  मंचका महासचिव रमेश शर्माले सहयोगी भुमिका निर्वाह गरेका थिए ।

मंचमा नयाँ नेतृत्व 

सोहि कार्यक्रममा  तुल्सी ढकालको नेत्रित्वले   सफल कार्यकाल सम्पन्न गरि रमेश शर्मा लम्साललाई  आगामी कार्यकालको लागि चयन गरेको छ ।अन्य पदाधिकारीको बिस्तृत जनाकारी भने आगामी बैठकमा हुने बताईएको    छ ।