दिल्लीमा आईतबार सांस्कृतिक कार्यक्रम सम्पन्न(फोटो फिचर) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

दिल्लीमा आईतबार सांस्कृतिक कार्यक्रम सम्पन्न(फोटो फिचर)



अर्जुन खनाल /नयाँ दिल्ली

भारतको राजधानी नयाँ दिल्लीको एन्ड्रयुस् गंजको सामुदाईक भवनमा आईतबार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दिल्लीको चिसो मौसमलाई नेपालबाट आएका ख्यातिप्राप्त  कलाकारहरुले तातो बनाएका थिए ।

सृजना सास्कृतिक मंचका महासचिब राजु न्यौपानेको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो  ।15870476_1355527271186724_1456388070_n

भारतमा रहेका विभिन्न सङ्घ संगठनका प्रतिनिधिको उपस्थित रहेको उक्त कार्यक्रममा दर्शकको पनि बाक्लो भिड देखिन्थ्यो ।

लामो समय देखि चिसियका दर्शकलाई गायिका सपना गाहा मगरले जुरुक जुरुक नाचायकि थिइन भने हास्य कलाकार बिष्णु  जी पाण्डे ‘माइला बा”ले पेट मिची मिची हँसाए ।सोहि क्रममा नमस्ते झोर्ले है भन्दै गायक बालचन्द्र बराल स्टेजमा आए पछी दर्शको अझै हुटिंग पाएका थिए ।कार्यक्रममा गायक  धुर्ब रानाले भर्खरे बजारमा आएको गीत आउ है दिल्ली तिर लगाएत गीत गएका थिए ।गायिका जमुना राना ,गायक नबिन न्यौपाने र राम गहतराजले पनि दर्शकलाई छमछमी नचाए ।15823025_1260802417311587_3642289109477795807_n

उक्त कार्यक्रममा भारतमा स्थापना भएको नेपाली देशभक्त आवाजकका  युवा र द वार्निंग युवा क्लबले  स्वयम् सेवकको भूमिका निर्वाहा गरेका  थिए  ।बाबु रोका मगर ,अर्जुन छेत्री ,हरि रोका मगर ,नबिन जोसी ,राहुल अधिकारी ,सानु मगर ,सान्ता परियार ,निराजन मलहोत्रा आदिले देशभक्तको आवाजको प्रतिनिधित्व गरेका थिए ।15820471_1355530604519724_1337819204_n

सोहि कार्यक्रममा निसुल्क स्वास्थ्य जांच गरिएको थियो ।उक्त स्वास्थ जांचमा करिब १०० जनाले आफ्नो स्वास्थ्य निसुल्क चेक अप गरेको स्वास्थ्य संयोजक लक्ष्मण प्रसाद पाण्डेले हिमाल पोस्टलाई जनाकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुले  पनि नेपाली सस्कृति झल्किने  बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए । 15870776_1355527454520039_217250028_n