काँग्रेस उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काँग्रेस उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर



धनगढी ।

नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ (ख) का उम्मेदवार डिल्लीराज पन्तका पक्षमा जनलहर बढ्दै गएको छ । चुनावको मिति नजिकिएसँगै चुनावी नतिजाबारे विभिन्न अड्कलबाजी हुने गरेको छ ।

‘मेरो पक्षमा राम्रै जनमत देखिएको छ, त्यस कारण चुनाव चित्नेमा विश्वस्त छु’ पन्तले भने । उनले आजसम्म आफूले लाभका लागि कहिल्यै पनि राजनीति नगरेकाले जित्नेमा विश्वस्त रहेको बताए ।

स्थानीय तह चुनावमा काँग्रेस उम्मेदवारको पक्षमा राम्रो मत आएकाले पनि पन्तको जित्ने सम्भावना बढी देखिएको विश्लेषक बताउँछन् । क्षेत्र नम्बर ५ मा काँग्रेसको सङ्गठन राम्रो रहेकाले पन्तको जित सुनिश्चित जस्तै भएको नेपाली लेखक सङ्घका महाधिवेशन प्रतिनिधि तीर्थराज पाण्डेय बताउँछन् ।

नेपाल सांस्कृतिक सङ्घ कैलालीका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले पन्तका पक्षमा व्यापक जनलहर रहेको बताउँछन् । क्षेत्र नम्बर ५ मा काँग्रेसको ‘उहाँले इमान्दार र योग्य उम्मेदवारको छवि बनाउनुभएको छ, त्यसैले उहाँको जित निश्चितजस्तै छ,’ उनी भन्छन् ।

उनी नेपाली काँग्रेसका पुराना नेता पनि हुन् । पन्त सामाजिक संघसंस्थामा पनि आबद्ध छन् ।

नेपाल विद्यार्थी सङ्घ, कैलालीका संस्थापक अध्यक्ष समेत रहेका पन्त विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहेको नेपाली लेखक सङ्घ, कैलालीका जिल्ला अध्यक्ष गणेश नेपाली बताउँछन् ।
‘पदीय राजनीति भन्दा माथि उठेर पार्टीका लागि काम गर्ने पन्तको छविले उनी सबैमाझ लोकप्रिय छन्,’ उनी भन्छन् ।