पेरुमा संसद भङ्ग गरेपछि राष्ट्रपति प्रहरी हिरासतमा - Himal Post Himal Post
  • १९ माघ २०७९, बिहीबार
  •      Thu Feb 2 2023

पेरुमा संसद भङ्ग गरेपछि राष्ट्रपति प्रहरी हिरासतमा



काठमाडौं- पेरुका राष्ट्रपति राष्ट्रपति पेद्रो कास्टिलोले संसद् विघटन गर्ने कोशिस गरेपछि उनलाई महाअभियोग लगाएर पदबाट हटाइएको छ।

उनालई हटाएपछि पूर्व उपराष्ट्रपति डीना बोलुआर्तेले राष्ट्रपति पदको शपथ लिएकी छन्। बुधबार नै पेद्रो कास्टिलोले संसद्लाई एक ‘असाधारण आपतकालीन सरकार’ मा बदल्ने बताएका थिए।

यद्यपी सांसदले यसलाई अस्विकार गर्दै आपतकालीन बैठक बोलाएर कास्टिलोविरुद्ध महाअभियोग लगाएर पदबाट हटाएका छन्। त्यसपछि कास्टिलोलाई हिरासतमा लिइएको छ र उनीविरुद्ध विद्रोही भएको आरोप लगाइएको छ।

पेशाले वकिल रहेकी ६० वर्षीय बोलुआर्तेले पद सम्हालेसँग अब उनी २०२६ सम्मका लागि राष्ट्रपति रहनेछिन्। शपथग्रहण पछि बोलुआर्तेले देशलाई तत्कालीन संकटबाट निकाल्नका लागि राजनीतिक सहमतिप्रति जोड दिएकी छन्।

बुधबारको नाटकिय सत्ता परिवर्तनको घटना तब सुरु भयो जब पेद्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमा दिएको सम्बोधनमा आपतकाल लगाउने घोषणा गरे।

उनले विपक्षीको नियन्त्रणमा रहेको कंग्रेस भंग गर्ने घोषणा गरेका थिए। त्यसपछि मन्त्रीले उनको विरोधमा राजीनामा दिने सुरु गरेका थिए। संवैधानिक अदालतका प्रमुखले कास्टिलोमाथि सत्ताकब्जा गर्ने कोशिश गरेको आरोप लगाएका छन्।