दिनानाथ शर्मा भन्छन: मन्त्रीहरूकै कारण सरकारको बदनाम भयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दिनानाथ शर्मा भन्छन: मन्त्रीहरूकै कारण सरकारको बदनाम भयो



राष्ट्रियसभाका सदस्य तथा नेकपाका नेता दिनानाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे ।

पूर्वमन्त्री समेत रहेका शर्माले व्यवस्था र संविधानको विरोध गर्न नपाइने जिकिर गरे । उनले भने, “सरकारको कामकारबाहीलाई विरोध गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ । तर, व्यवस्थाको विरोध गर्न पाइँदैन ।”

शर्माले देशमा पछिल्लो समय समाजलाई विकृत बनाउनको लागि केही परिवर्तनविरोधी शक्तिबाट गलत कामहरु भैरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले दलहरुबीच राष्ट्रिय एजेण्डामा सहमति हुनुपर्ने धारणा राखे ।

उनले मधेशको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले भने, “मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ । यसको लागि संविधानलाई परिष्कृत गर्नुपर्छ ।” शर्माले मिडिया काउन्सिल विद्येयक पनि आफूहरुले व्यापक सुधार गरेर ल्याएको सुनाए । उनले भने, “हामीले यसमा प्रशस्त संशोधन गरेका छौं । यसलाई समृद्ध बनाएका छौं । यो विधेयक सबैको सहमतिमा आएको छ ।”

समाजलाई भड्काउनको लागि होली वाइन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे । भण्डारीले भने, “बुद्धको मूर्ति तोडफोडको घटना भयो । नेपालमा के हुँदैछ ? होली वाइन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाइयो ।” अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता छ ।