कीर्तिपुरको मेयरमा दिनेश दर्शनधारीको स्वतन्त्र उम्मेदवारी, यस्ता छन् योजना - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कीर्तिपुरको मेयरमा दिनेश दर्शनधारीको स्वतन्त्र उम्मेदवारी, यस्ता छन् योजना



 

हिमालपोष्ट/काठमाडौँ

कीर्तिपुर नगरपालिकाको मेयर पदमा दिनेश दर्शनधारी स्वतन्त्र उम्मेदवार बनेका छन् । ४१ वर्षका दर्शनधारी किर्तिपुर वार्ड नं ३ पालिफलका स्थानियवासी हुन । किर्तिपुर ५ का अनिस नापित प्रस्ताबक र जेनिश महर्जनको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका छन् ।

किर्तीपुरलाई धार्मिक ऐतिहासिक र पुरातात्विक हिसाबले देशकै नमुना नगरपालिका बनाउने लक्ष्य सहित चुनावमा होमिएका दर्शनधारी पेसाको हिसाबले सफल व्यापारी हुन । दुई दशक देखी किर्तिपुरमा केन्द्रित रहेर व्यवसाय गर्दै आएका छन् भने लामो समय देखी विभिन्न सामाजिक सङ्घ संस्था मार्फत समाजसेवा गर्दै आइरहेका छन् ।

स्थानीय समस्याहरू झेलेको छु, य्प नगरको माया पनि छ मैले यो नगरपालिकाको छुट्टै परिकल्पना गरेको छु, यहाँको मुहार फेर्न आतुर छु हिमालपोष्टसंग कुरा गर्दै उनले भने । हाल मोबिल्यान्ड ग्रुपका अध्यक्ष रहेका दर्शनधारी स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारी प्रदान गरिरहेका छन् ।

परिवर्तनको लागि कुनै महान् काम भन्दा साना साना कामलाई महान् तरिकाले गर्न सकिन्छ भन्ने धारणा राख्ने दर्शनधारी परम्परागत व्यवसायलाई वैज्ञानिक तथा आधुनिक बनाउने गरी, नगरवासीका आधारभूत समस्याहरू समाधान गर्ने गरी योजना साथ नगरवासीको सेवा गर्न उमेद्वार बनेको बताउछन ।

नगरवासीले आफू र आफ्नो योजनालाई न्याय गरी भोट् दिने विश्वास रहेको उनले हामीसँग कुरा गर्दै भने ।

कस्ता छन् त उनका योजना

:- युवा लक्षित रोजगारी तथा स्वरोजगारी उत्पादन गर्न उत्पादन मुखी व्यवसायलाई पर्वर्धन गर्ने ।

:- महंगी न्युनिकरण तथा व्यवस्थापन गर्ने ।

:- स्वच्छ पिउनेपानी को ब्याबस्था, आधुनिक पार्क, विभिन्न ठाउँमा बगैचा निर्माण गर्न पहल गर्ने ।

:- सहकारी तथा वित्तीय कारोबारको गुणस्तरीय सेवाको लागि पहल गर्ने ।

:- बालबालिका तथा वृद्ध ब्रिद्दाहरुको गुणस्तरीय सेवा सहितको स्याहार केन्द्र स्थापना गर्ने ।

:- धार्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले नमुना सहर निर्माण गर्ने ।

:- सवारी तथा यातायातको वैज्ञानिक ब्याबस्थापन गर्ने ।

:- काम गर्ने र गरी खाने वर्गलाई स्किल तथा उत्प्रेरणा प्रदान गर्ने ।

:- व्यवस्थित बधशाला तथा कोल्ड स्टोरको निर्माण गर्ने ।

:- नगरवासी महिला समूह तथा ग्रिहिणीहरुलाई सिपमुलक तालिम प्रदान गरी अतिरिक्त आय आर्जनको व्यवस्था गर्ने ।

:- फोहरमैलाको उचित व्यवस्थापन तथा ढल निकासलाई व्यवस्थित गरी खोलानालाको संरक्षण गर्ने ।

:- शिक्षा तथा स्वास्थ्य जस्ता अत्यबस्यक कुरालाई नि;शुल्क तथा अत्यन्त न्यून शुल्कमा उपलब्ध गराउन पहल गर्ने ।