इतिहासमै बढी मत खस्ने दाबी गरेका थपलिया कम मत खसेपछि के भन्छन् ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इतिहासमै बढी मत खस्ने दाबी गरेका थपलिया कम मत खसेपछि के भन्छन् ?



काठमाडौं । इतिहासमै सबैभन्दा बढी मत यो पटक खस्ने दाबी गरेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अपेक्षा अनुसार मत खस्न नसकेको भन्दै त्यसको कारण खोजिने बताए ।

निर्वाचन आयोगले आंकलन गरेभन्दा निकै न्युन मत खसेपछि थपलियाले त्यसको कारण केलाउन नसकिएको बताएका छन् ।

प्रारम्भिक तथ्यांकअनुसार ६१ प्रतिशत खसेको बताउँदै कम खस्नुको कारणबारे पत्ता लगाउन नसकेको बताए ।

“कारण केलाउन सकेका छैनौं । दिउँसोसम्म १०–११ प्रतिशत भन्दा कम मत खसेको थियो । प्रदेश १ मा कम खसेको अन्यत्र भन्दा कम खस्यो,” उनले भने । १–२ प्रतिशत तथ्यांक बढ्न सक्ने बताए ।