रुकुम अदालतमा दिनेश त्रिपाठीका दमदार १० तर्क - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

रुकुम अदालतमा दिनेश त्रिपाठीका दमदार १० तर्क



रुकुम पश्चिम/हिमालपोस्ट संवाददाता

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ६ जना ज्यान जानेगरी भएको रुकुम चौरजहारी घटनाका २७ जना अभियुक्तलाई थुनामा राख्नुपर्ने आदेशका लागि रुकुम जिल्ला अदालतमा आज सोमबार विशेष दमदार तर्कसहितको बहस प्रस्तुत गरेका छन् ।

त्रिपाठीले अमेरिका, क्यानडा, साउथ अफ्रीका, नेपाल लगायतका देशका अदालती नजिर र विधिशास्त्रको उदाहरण उल्लेख गर्दै २७ जना प्रतिवादीलाइ अनिवार्य थुनामा राख्नुपर्ने बहस गरेका छन् । २७ जना प्रतिवादीको थुनछेक प्रयोजनका लागि शुक्रवारदेखि नेपाल सरकार र जाहेरवाला पक्षका कानुन व्यवसायीले बहस गरी सोमबार सकेका छन ।

कानुन बमोजिम ३ वर्षमाथी कैद सजाय हुने मुद्दामा अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखी थप कारबाही अगाडी बढाउन सक्छ । तर, त्यसको लागि कसुर भएको बिस्वास अदालतलाई हुनुपर्छ । जेठ १० गते भएको उक्त घटनामा ६ जनाको निधन भएको थियो भने १२ जना घाइते भएका थिए ।

उक्त मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुतको कसुर उल्लेख गरी जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको छ । २ जना पुर्पक्षका लागि सुधार गृहमा पठाइएको छ भने ५ जना हालसम्म फरार छन ।

वरिष्ठ अधिबक्ता त्रिपाठीले रुकुम जिल्ला अदालतमा न्यायाधीश विद्याराज पौडेलको एकल इजलाशमा प्रतिवादीहरुलाइ थुनामा राख्न भन्दै निम्न १० उत्कृष्ट तर्क प्रस्तुत गरेका छन् ।

  • ३ वटा अपराध भएका कारण अनिबार्य थुनामा राख्नुपर्छ ।
  • घाइतेहरु प्रत्यक्ष जस्मदित गबाह हुन, जस्ले घटनाको सबै विवरण उल्लेख गरेका छन ।
  • शव पनि आफैमा प्रमाण हो, जुन बोलीरहेको छ ।
  • मार्न खोज्नेले त सबै प्रयास गरेकै हो तर १२ जना कारण बस बचेका हुन ।
  • प्रतिवादीहरुलाइ तत्काल छाडेर अनुसन्धान गर्दा अरु प्रमाण लोप हुनसक्छ ।
  • पिडितको र पुरै समाजको सुरक्षामा खतरा हुनसक्छ, व्यक्तिको स्वतन्त्रता भन्दा समाजको सुरक्षा बढी महत्त्वपूर्ण हुन्छ ।
  • अपराधको प्रकृति जघन्य छ, क्रुर र अमानवीय तरिकाले मारिएको छ ।
  • प्रतिवादिहरुले एकआपसमा पोलापोल गरेका छन ।
  • प्रतिवादिहरुले आंशिकरुपमा कसुर स्विकार गरिसकेका छन ।
  • पोस्टमार्टम रिपोर्टमा चोटपटक लागेको देखिएको छ, घटनास्थलमा अस्वभाविक पाइलाहरु छन ।

त्रिपाठीसंगै वरिष्ठ अधिवक्ताहरु डा. नवराज गौतम र हरिप्रसाद सुबेदी त्यसैगरी अधिवक्ताहरु विकाश बस्नेत, ओमप्रकाश अर्याल, त्रीलोचन्द्र बि क,
मोहन साशंकर, बद्रीप्रसाद भुसाल, श्यामकुमार बिक, राम शर्मा, इन्द्र अर्याल, पुस्पराज पौडेल, रामचन्द्र आरसी गौतम, प्रकाश नेपाल , गोपिलाल देवकोटा, दिपक भट्टराई, तेजेन्द्र पाण्डेय, सुन्दर सेनी, मनिशा रोकाया र यमकुमारी ददेलले पनि जाहेरवालाको पक्षबाट बहस गरेका थिए ।

साथै जाहेरवालाको पक्षमा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता ध्रुवमणी ज्ञवाली, उच्च सरकारी वकिल कार्यालय दाङ्ग तुल्सिपुरका सहन्यायाधिवक्ता राजनराज घिमिरे, जिल्ला सरकारी वकिल कार्यालय दाङ्गका जिल्ला न्यायाधिवक्ता सुशिल देवकोटा, जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमक जिल्ला न्यायाधिवक्ता केशवराज चपाइ र सहायक जिल्ला न्यायाधिवक्ता विनोद पौडेलले बहस गरिसकेका छन् ।

भोलि मङ्गलबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस शुरुहुने अदालतले जानकारी दिएको छ ।