अमेरिकाको बाटोमा भारत : दिनमै १० हजार पुग्न थाले संक्रमित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अमेरिकाको बाटोमा भारत : दिनमै १० हजार पुग्न थाले संक्रमित



काठमाडौं-: भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ७१ जना संक्रमित थपिएका छन् भने २८६ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ६ हजार ६४९ पुगेको छ । यसअघि बिहिबार पनि भारतमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।