कसले बिगार्यो दिपकराज गिरी र निर्मल शर्माको सम्बन्ध ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कसले बिगार्यो दिपकराज गिरी र निर्मल शर्माको सम्बन्ध ?



हिमाल पोष्ट/काठमाडौं-

दिपकराज गिरीका एक समयका जिग्री हुन् निर्मल शर्मा । लामो समय देखि दीपकराज र निर्मल सँगै काम मात्र गरेनन, दुख र सुखमा एक अर्काका मल्हम पनि बने ।

तर केही समय भयो यिनीहरू एकै ठाउँमा देखिन छाडेको, सँगै काम गर्न छाडेको, दुख र सुख सेयर गर्न छाडेको ।

तितो सत्य बन्नु भन्दा पहिले देखिनै दरबारमार्गस्थित निर्मल शर्माको होटेलमा रात दिन सँगै बसेर आइडिया सेयर गर्ने, कार्यक्रम देखि हरेक फिल्म सम्म सँगै बनाएका उनीहरू अहिले छुट्टा छुट्टै काम गर्छन् ।

त्यसो त दिपकराजसंग लामो समय सम्म सँगै काम गरेका धेरै जसो उनीसँग टिकेका छैनन् ।

यति बेला शर्मा र गिरी आफ्नै चटारोमा छन् छक्का पञ्जा २ र ऐश्वर्यको प्रमोसनमा, यस भन्दा अगाडिका हरेक जसो प्रमोसनमा सँगै हुने शर्मा र दीपक यति बेला भने छुट्टिएको प्रस्टै देख्न सकिन्छ ।

असोज ११ गते रिलिज हुने छक्का पञ्जा २ मा दीपक व्यस्त छन् भने कार्तिक ९ मा रिलिज गरिने ऐश्वर्यमा निर्मल । बजारमा उनीहरूको अहिलेको पारा देखेर कतिपयले अनुमान लगाउन सकेका छैनन् कि आखिर किन छुट्टीए दीपक र निर्मल ?