नेपालकै होचा कलाकार दिपेन शाहको निधन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपालकै होचा कलाकार दिपेन शाहको निधन



काठमाडौँ /कात्तिक ३० ।

नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए ।उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

केही समयअघि उनले विश्वकै सबैभन्दा होँचो कलाकारको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकडमा नाम लेखाउन प्रयास पनि थालेका थिए ।

उनको स्वास्थ्यमा पहिलेदेखि नै समस्या देखिँदै आएको थियो । यही कारणले उनको परिवार दोलखाबाट काठमाडौँ आएको थियो ।

कलाकार संघका अध्यक्ष राम किशोर बोगटीले श्रृद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाल एकाडेमी राख्ने पहल भइरहेको जानकारी दिए ।

रातोपाटीबाट