पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध उजुरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध उजुरी



 कपिलवस्तु

कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

 

उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशन विपरीत सार्वजनिकस्थलमा ठूल्ठूला होर्डिङ बोर्ड झुण्डयाएको भन्दै उजुरी परेको हो । उम्मेद्वार उपाध्यायले आचारसंहिता विपरीत कार्य गरेको भन्दै कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्तरुपमा उजुरी दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरि घिमिरेका अनुसार उजुरी दर्ता भएको र नियमअनुसार उहाँलाई सचेत गराइएको जानकारी दिनुभयो । कार्यालयका अनुसार आचारसंहिता उल्लंघनविरुद्ध अहिलेसम्म मौखिक र फोनमार्फत धेरै उजुरी आएपनि लिखित भने दुईवटा मात्र परेको जनाएको छ ।