अमेरिकन आइडलमा दिवेशले गरे फेरी कमाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अमेरिकन आइडलमा दिवेशले गरे फेरी कमाल



काठमाडौं- विश्वकै चर्चित सिङगिङ रियालिटी सो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले नयाँ प्रस्तुति दिएका छन् ।

दिवेशको प्रस्तुतिलाई अडिसन राउन्डमा झैं यो पटक पनि निर्णायकले खुलेर प्रशंसा गरेका छन् ।

नमस्तै भन्दै स्टेज प्रवेश गरेका दिवेशको प्रस्तुतीमा निर्णायक मध्येकी एक केटी पेरीले वान्स मोरभन्दा तीनै जना निर्णायकले स्ट्यान्डिङ अवेसन दिएका छन् ।

निर्णायकले स्ट्यान्डिङ अवेसन दिँदै दिवेशको गीतमा झुम्दा लाइभ पफमेन्स हेर्न उपस्थित दर्शकले पनि उठेर साथ दिएका थिए ।

अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक लुक ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए । अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लाइनल रिची छन् ।

कर्णाली, प्रलय बीलगायत केही गीत बजारमा ल्याइसकेका २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएका छन् ।

नेपाली युवक अमेरिकन आइडलमा पुग्नु नै ठूलो उपलब्धि गएको नेपाली गायक–गायिकाले बताएका छन् ।

विश्वले हेर्ने रियालिटी सो अमेरिकन आइडलमा पुग्नु आफैंमा ठूलो कुरा भएको उनीहरूको भनाइ छ ।