महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली निस्किएपछी डाक्टरको होस उड्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली निस्किएपछी डाक्टरको होस उड्यो



एजेन्सि—भारतको बिहारमा एक गर्भवती महिलाले बच्चालाई जन्म दिएसँगै डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो ।

हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दुखेको बताइन् । जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घाउ देखियो । परिवारले त्यसलाई साधारण घाउ होला भनेर अस्पतालमा सुत्केरी गराउन भर्ना गरे ।जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासँग बन्दुकको गोली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले पुलिसलाई यसबारे जानकारी दिन बोलाए ।

पुलिसको सोधपुछमा महिलाले भनिन् , ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो ।’
‘परिवारले यसलाई प्रसव पीडा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’यहाँ भाग्य नै भन्नुपर्छ कि गोलीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो । डाक्टरले पेटमा गोली लागेको बताए । पेटभित्र छिरेको गोलीले कुनै पनि आन्तरिक अंगलाई क्षती भएन ।

नगर थाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गोली लागेको खबर पाएपछि पुलिस अस्पताल पुग्यो । आखिर गोली कसरी चल्यो र कसले चलायो भनेर अनुसन्धान भइरहेको पुलिसले बताए ।