खास के हो डोजर काण्ड ?  किन भाईरल हुदै छ सामाजिक सञ्जालमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खास के हो डोजर काण्ड ?  किन भाईरल हुदै छ सामाजिक सञ्जालमा



हिमाल पोस्ट/काठमाडौं १० फागुन 

सामाजिक सञ्जालले आजभोलि सामान्य कुरालाई पनि भाइरलको रुपमा देखाउन थालेको छ । यस्तैगरी तत्कालिन अवस्थामा डोजर काण्डले भाइरलको रुप लिएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा त झन यसले महामारीको रुप धारण गरिसकेको छ । यससँग सम्बन्धित तस्वीरसहतिका विभिन्न पोष्टहरुले समाजिक सञ्जालमा कब्जा जमाएको छ ।

फेसबुक, ट्वीटरसहितका समाजिक सञ्जालहरुमा भाइरल भइरहेको डोजर शब्दको अर्थ के हो भन्नेमा धेरैलाई खुल्दुली छ । कतिले यसका बारेमा स्पष्ट पारिदिन अनुरोध गर्दै सामाजिक सञ्जालमै जिज्ञासा पोखेका छन् ।

तरकारीवाली र एनसेलको रातो नम्बरको ट्रेण्ड सेलाउँदै गर्दा ‘डोजर’ भाइरल बनेको छ । यसलाई प्रयोग गर्दै सामाजिक सञ्जालमा हास्य व्यंग्यात्मक एवं प्रतिकात्मक पोष्टहरु भइरहेका छन् ।

विशेषगरी फेसबुकमा लोकप्रिय भएका एम आर आर, ब्राह्रमण ग्रुप, दाह्री ग्याङलगायत ग्रुपहरुमा डोजर र त्यससँग सम्बन्धित रोचक तस्वीरहरु धमाधम अपलोड भइहरेको छ ।

डोजरको ट्रेण्ड सुरु भएको केही दिनमात्रै भयो । यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपालमा बढ्दो बेरोजगारीसँग जोडेका छन् ।

सामाजिक सञ्जालमा केही दिन अघि बालाजुमा चलिरहेको डोजरको फोटो पोष्ट भयो । सँगै त्यसलाई हेर्न जम्मा भएको ठूलो भीड पनि देखियो ।

त्यही तस्वीर निकै भाइरल भयो । जसलाई समाजिक सञ्जाल प्रयोगकर्ताले ‘डोजर काण्ड’को संज्ञा दिए ।

आजभोलि गाउँमा मात्रै हैन, शहरमा पनि केही कामका लागि डोजर चल्यो भने हेर्नेको ठूलो भीड लागिहाल्छ ।

यस्तो भीडमा युवाको संख्या नै अत्यधिक देखिन्छ । यसले नेपालका धेरै युवा कामबिहीन हुनुको वास्तविक मर्मलाई दर्शाउँछ ।

साभार