ट्रम्प प्रवासी भारतीयको र्‍यालीमा मोदीका साथ किन उभिए ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ट्रम्प प्रवासी भारतीयको र्‍यालीमा मोदीका साथ किन उभिए ?



काठमाडौं- अमेरिकाको होस्टनमा हाउडी मोदी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भए । गएराति प्रवासी भारतीयको र्यालीमा ट्रम्पमात्र सहभागी भएनन् जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु पनि सहभागी भए ।

संयुक्तराष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रवासी भारतीयलाई सम्बोधन पनि गरे । उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ । कुनैबेला गुजरातका मुख्यमन्त्री हुँदा मोदीलाई अमेरिकाले भीसा समेत रोकेको थियो ।
९० मिनेटको कार्यक्रममा ट्रम्प मोदीको साथ स्टेजमा उभिएका थिए । ट्रम्पले मोदीलाई असाधारण भने ।

पछिल्लो समय अमेरिकामाथि चीन र रुसको चुनौती बढिरहँदा उसले भारतसँगको सम्बन्धलाई अझ मजबुत गराउन चाहेको छ । हाउडी मोदीमा ट्रम्पको उपस्थितिले यस्तै सन्देश दिएको छ ।-एजेन्सी