डिपिएल : सीवाईसी अत्तरियाले बिराटनगर किंग्सलाई ६ विकेटले पराजित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डिपिएल : सीवाईसी अत्तरियाले बिराटनगर किंग्सलाई ६ विकेटले पराजित



कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को आजको खेलमा सीवाईसी अत्तरियाले बिराटनगर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । पराजित भएसङ्गै विराटनगर क्रिकेटको लिग राउण्डबाटै बाहिरिएको छ ।

धनगढीको एसएसपी क्रिकेट मैदानमा सम्पन्न भएको खेल वर्षा बाधक बनेपछि ६ ओभरमा छोट्याइएको थियो । खेलमा ५६ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको सीवाईसी अत्तरियाले ५.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

अत्तरियाका लागि विपिन चन्द्राले अविजित २६ र कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । साथै यता कप्तान पारस खड्का र रामनरेश गिरीले समान २–२ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ ओभरसाथ ३ विकेटको क्षतिमा ५५ रन बनाएको थियो । विराटनगरका लागि अनिलकुमार शाह र दिलिप नाथले समान १५–१५ रन बनाएभने बाबर हायतले १४ र कप्तान पारस खड्काले ९ रन बनाएका थिए ।

बलिङतर्फ कमलसिंह ऐरीले २ र शुभांकर उराओले १ विकेट लिए । जितसँगै सीवाईसी अत्तरिया प्लेअफमा पुगेको छ । प्ले अफमा काठमाडौं गोल्डेन्स, टिम चौराह धनगढी, महेन्द्रनगर युनाइनटेड र अतरिया पुगेका छन् भने विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स लिग चरणबाटै बाहिरिएका छन ।