डीपीएल : महेन्द्रनगरले अत्तरियालाई १५ रनले हरायो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डीपीएल : महेन्द्रनगरले अत्तरियालाई १५ रनले हरायो



कैलाली । यहि चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को इलिमिनेटर खेलमा मेहन्द्रनगर युनाइटेडले  सीवाईसी अत्तरियालाई १५ रनले पराजित गरेको छ । महेन्द्रनगरले फाइनल प्रवेशको लागि काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ ।

१३१ रनको मध्यम स्कोरको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११५ रनमात्रै बनाउन सक्यो । अत्तरियाका लागि कप्तान सुवास खकुरेलले ३० रन बनाएका थिए । त्यस्तै, विपिन चन्द्र २८ रनमा अविजित रहे । यता, दीपेन्द्रसिंह ऐरीले २७ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् ।

बलिङतर्फ महेन्द्रनगरका रोविन क्षेत्रीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले खराब प्रदर्शन गर्दै निर्धारित ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो । महेन्द्रनगरका लागि आरिफ शेखले ३५ र पुनित मेहराले २६ रन बनाएका थिए । त्यस्तै, करण केसीले २४, रोहित कुरमार पौडेल र आसिफ शेखले समान ११–११ रन बनाएका थिए ।यता बलिङतर्फ कमलसिंह ऐरीले २ विकेट लिए ।