डिपिएल: काठमाण्डुलाई १ विकेटले हराउँदै धनगढी फाइनलमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डिपिएल: काठमाण्डुलाई १ विकेटले हराउँदै धनगढी फाइनलमा



धनगढी रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ टीम चौराह ।

 

मंगलबार संघीय प्रहरी इकाईको मैदानमा भएको पहिलो क्वालिफायरमा काठमाण्डु गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको हो ।

अघिल्लो संस्करणको च्याम्पियन टोली धनगढीले काठमाण्डुलाई दिएको १ सय २८ रनको लक्ष्य १ बल बाँकी छदा ९ विकेट गुमाएर भेटाएको थियो ।

धनगढीलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो । अन्तिम ओभर बलिङ आएका रासिद खानको पहिलो बल रासिदले वाइड फाले ।

सो बल विकेटकिपर भुपेन्द्र थापाले समाप्त नसक्दा सो बलमा शंकर रानाले थप दुई रन लिए । पहिलो बलमा तीन रन जोडेको धनगढीका लागि दोस्रो ओभरमा रानाले १ रन लिए ।

दोस्रो बलमा क्रिजमा आएका योगेन्द्रसिंह कार्कीले कुनै रन लिन सकेनन् भने तेस्रो बलमा शंकर राना९२८० रनआउट भए। चौथो बलमा योगेन्द्रसिंह कार्की(६)लाई रासिदले सन्तोष भट्टको हातबाट क्याच गरा गराएपछि धनगढीको नवौं विकेट झर्यो ।

दुई बलमा धनगढीलाई ६ रन आवश्यक भएका बेला क्रिजमा आएका सामसेद शेखले पहिलो बलमै रासिद खानलाई छक्का प्रहार गर्दै धनगढीलाई नाटकीय जितका साथ फाइनलमा पुर्याए ।

धनगढीका लागि राहन मुस्तफाले सर्वाधिक ३३ रनको पारी खेले । २० बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, शंकर रानाले २५, सोनु तामाङले १४ तथा सुनिल धमलाले १३ रनको पारी खेले ।