डा. आकाशले पठाए जैसिथोक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डा. आकाशले पठाए जैसिथोक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री



हुमाकान्त पोखरेल

गुल्मी- उच्च ओहोदामा पुगेपछि गाउँ बिर्सने चलन धेरै व्यक्तिहरुमा छ । तर समाजमा केही यस्ता मानिसहरु छन्, जो आफु जुन ठाउँमा भएपछि आफु जन्मेको गाउँलाई सम्झिन्छन् ।

त्यस्तैमध्येका एक हुन्, गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी डाक्टर आकाश पोखरेल । हाल दाङको अस्पतालमा कार्यरत भएपनि डाक्टर आकाशले आफ्नो गाउँको ‘जैसिथोक स्वास्थ्य चौकी’ लाई विभिन्न स्वास्थ्य सामग्री पठाएका हुन् ।

उनले गर्भवतीको पेटभित्र भएको बच्चाको ढुकढुकी थाहा पाउने मेसिन, दमरोगीको लागि बाफ दिने मेसिन, शरिरमा अक्सिजनको मात्रा थाहा पाउने तथा मुटुको ढुकढुकी थाहा पाउने मेसिन र सुगर जाचँ गर्ने मेसिन पठाएका छन् ।

उनले पठाएका स्वास्थ्य सामग्री बुधबार एक कार्यक्रमकाबीच स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । जैसिथोकका वडासदस्य गोपाल थापा मगरले स्वास्थ्य चौकी प्रमुख चुरामणी पोखरेललाई सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै थापाले सामग्री प्रदान गर्ने डाक्टर आकाशलाइ धन्यवाद दिए । डाक्टर आकाशले आफु आफ्नो गाउँप्रति उत्तरदायी भएर सामग्री दिएको प्रतिक्रिया दिए । सामग्री हस्तान्तरण कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार हुमाकान्त पोखरेलले गरेका थिए ।