फागुन अन्तिममा डा.भट्टराईले भारत भ्रमण गर्ने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

फागुन अन्तिममा डा.भट्टराईले भारत भ्रमण गर्ने



अर्जुन खनाल /नयाँ दिल्ली ,फागुन २० 

पुर्व प्रधानमन्त्री एवंम्  नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई फागुन २९ गते भारतको नयाँ दिल्लीमा  आउने भएका छन् ।उनि फागुन २९ देखि चैत ७ गतेसम्मको लागि आउन लागेका  हुन् ।

भट्टराईको भारत भ्रमणको उद्देश्य  पार्टीको संगठन विस्तार रहेको अन्तराष्ट्रिय नेपाली समाजका दिल्ली राज्य एन सी आर  संयोजक रमेश शर्माले हिमाल पोष्टलाई जनाकारी गराएका थिए  ।  नयाँ शक्ति स्थापना भएपछि भट्टराईको यो पहिलो भारत भ्रमण हो ।यद्दपी पहिले मंसिर २६ मा   आउने भने पनि उनि आउन पाएका थिएनन  ।

तस्बिरमा भारत भ्रमणलाई कसरि सफल बनाउने भन्दै अन्तर्राष्ट्रिय केन्द्रीय परिषद नयाँ शक्ति नेपालका सदस्य क्रमश कृष्ण राज गैरे ,नयाँ शक्ति संयोजक डा.भट्टराई र विदेश बिभाग प्रमुख नवाराज सुबेदी छलफल गर्दै  ।