डा. बाबुराम भट्टराई जसपाको अध्यक्ष बन्दै « Himal Post | Online News Revolution
Logo

डा. बाबुराम भट्टराई जसपाको अध्यक्ष बन्दै



काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी एकीकरणको समयमा चौथो वरियतामा परेका भट्टराईलाई पार्टीले अपमान गरेको आरोप लाग्दै आएको थियो ।

पार्टी केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले डा. भट्टराईलाई अध्यक्ष बनाउने भएको हो । पार्टी केन्द्रीय कार्यकारिणी परिषद्को बैठक सोमबार र मंगलबार बस्ने बताइएको छ ।

पार्टी एकीकरणको समयमा डा. भट्टराईलाई नै अध्यक्ष बनाउने भद्र सहमति समेत भैसकेको एक नेताले जानकारी दिए । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो । हाल जसपामा ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् ।

त्यस्तै जसपाले केन्द्रीय समितिको संख्या आठ सय पुर्याउने भएको छ । विधान संशोधन गरेर उक्त संख्या पुर्याउन लागिएको बताइएको छ । हाल जसपामा केन्द्रीय समितिको संख्या सात सय १ रहेको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकतकाका बाँकी काम, विधान संशशोधन र केन्द्रीय समिति, संघीय परिषद्को विस्तार तथा कार्यविभाजनबारे छलफल हुनेछ ।