डा. केसी द्वारा वार्ता बहिस्कार, सरकारले झारो टार्ने काम मात्र गरेको आरोप । - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा. केसी द्वारा वार्ता बहिस्कार, सरकारले झारो टार्ने काम मात्र गरेको आरोप ।



काठमाडौँ १८ साउन, ।

चिकित्सा शिक्षामा आमूल सुधारका लागि प्रभावकारी चिकित्सा शिक्षा ऐन ल्याउनुपर्नेलगायतका माग राखेर डा. केसी एघारौंपटक अनसनमा छन् । अनसनको आज दसौँ दिन हो । पटक पटक सरकार र डा केसी बिच वार्ता भइरहेको थियो । यसै क्रममा आज डा केसीका समर्थक चिकित्सकहरुले सरकारसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै यथास्थितिमा वार्तामा नबस्ने घोषणा गरेका छन् ।

डा. केसीको तर्फबाट गठित वार्ता टोलीले सरकारी वार्ता टोलीसँगको बुधवारको वार्तामा पनि सहभागिता जनाएन ।
सरकारी टोली कुनै तयारी गरेर नआएको उनीहरूको आरोप छ । झारो टार्नका लागि मात्र वार्ता गरेर औचित्य नभएकोले आजको वार्ता बहिस्कार गरेको उनीहरू बताउछन ।