डा. केसीका माग पुरा गर्न एमाले बाधक भएको ठहर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डा. केसीका माग पुरा गर्न एमाले बाधक भएको ठहर



काठमाडौं, साउन २९ ।

स्वास्थ्य सेवामा सुधारको माग राखेर २१ दिनदेखि अनसनरत् डा. गोविन्द केसीले उठाएका माग पुरा गर्न नेकपा एमाले बाधक भएको भन्दै प्रधानमन्त्रीले प्रतिपक्षसँग छलफल गर्ने भएका छन । डा. केसीसँग वार्ताका लागि गठित सरकारी टोलीसँग बालुवाटारमा भएको छलफलमा एमालेका कारण विधेयकमा सहमति हुन नसकेको निश्कर्ष निकालिएको हो ।

पूर्व प्रधानमन्त्री प्रचण्डको पहलमा सरकारी वार्ता टोली, प्रधानमन्त्री तथा प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा वार्ता टोलीले डा. केसीले माथेमा प्रतिवेदनको मर्मका आधारमा विधेयक ल्याउन राखेको अडान, विधेयक निर्माणमा भएको प्रगति, एमाले निकटका सांसदहरुको अडानलगायतका विषयमा ब्रिफिङ गरेका थिए ।

बालुवाटार श्रोतका अनुसार, उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा डा. केसीले उठाएको मागमा प्रधानमन्त्रीले सहमति जनाएका छन् । प्रधानमन्त्रीले राजधानी उपत्यकामा आगामी दशवर्षत्रि नयाँ मेडिकल खोल्न नदिने प्रावधान विधेयकमा राख्दा कुनै अप्ठ्यारो नहुने बताएका थिए । तर, यो विषय नेकपा एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेहरुको पहलमा खुलेको मनमोहन मेडिकल कलेजसँग समेत सम्बन्धित भएकोले एमालेसँग छलफल गर्नुपर्ने बैठकमा कुरा उठेको थियो ।