डा. केसी आजदेखि पुन: अनशन बस्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डा. केसी आजदेखि पुन: अनशन बस्दै



भदौ २१, काठमाडौं-

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबारदेखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने तयारी गरेका छन ।

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।

यस अघि डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् ।