डा. केसीको मागप्रति एमाले र माओवादी उदासिन, केसीको अवस्था जटिल - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डा. केसीको मागप्रति एमाले र माओवादी उदासिन, केसीको अवस्था जटिल



२६ असोज, काठमाडौं-

डा. गोबिन्द केसीले राखेको मागप्रति वाम गठबन्धन उदासिन देखिएको छ । सरकारले केसीको माग पुरा हुने आस्वासन दिएको तर नेकपा एमाले र सत्ता साझेदार दल माओवादी केन्द्रले भाँजो हालेपछि यस्तो अबस्था आएको हो ।

संसद्मा विचारधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्ष एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।

पटपटक कार्यसुचीमा परेर पनि डा. केसीसंग भएको सम्झौता र केदारभक्त माथेमा कार्यदलको सिफारिस विधेयकमा समेट्न आन्ततः कांग्रेस तयार भए पनि अन्य प्रमुख दुई दल तयार नभएपछि पारित हुनेमा सन्देह उब्जिएको हो ।

यता चिकित्सा शिक्षा विधेयक पारितलगातका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।