डा. लोहनीले गरे राप्रपा परित्याग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

डा. लोहनीले गरे राप्रपा परित्याग



हिमालपोष्ट/ फागुन २९

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन ।

राप्रपाको एकता महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहेर पनि उनी पछि हटेका थिए ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई बुझाएको पत्रमा लेखेका छन, आजका मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउँछु ।

आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीलाई व्यक्तिको वा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ । एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् ।