डा.रामशरण महत र नुवाकोट आन्दोलनको बास्तबिकता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डा.रामशरण महत र नुवाकोट आन्दोलनको बास्तबिकता



 कर्ण बहादुर अधिकारी।

लेखक कर्ण बहादुर अधिकारी

भिमसेन थापा जेलमा घाटी सेरेर मरी रहदा उहाँकी श्रीमतिले भनेकी थिईन रे नेपाल सतिले सरापेको देश हो यहाँ भलाई गर्ने र राम्रो काम गर्नेहरूको जीवन यसरी अन्त्य हुने रहेछ भनेर त्यो सत्य बाणी आज हाम्रो समाजमा पनि लागु भई रहदा त्यो बाणी सत्य साबित हुँदै छ। बिकाशका संबाहक बनेर नेपालको राजनितिमा होमिएका डा.राम शरण महतको जन्म थलो साथै कर्म थलो नुवाकोट २ नं क्षेत्र हो।प्राय सबै जसो चुनावमा नुवाकोट क्षेत्र नं २ का जनताको साथ पाएर बिजयी हुँदै आएका महत माथि केहि त्यस्ता ब्यक्तिहरूका खराब नियतले सामाजिक संजालमा नराम्रा कुराहरू संप्रेशण गरी रहदा कतै डा. महत पनि नराम्रो मार्गमा दौडिएका त छैन भन्ने शंका उपशंका उब्जिनु स्वभाबिकै हो।बिपक्षीहरूले भ्रष्ट्राचार गरेको र जस्ता पाता काण्डमा यिनको नाम बारम्बार जोड्ने प्रयत्न गरे पनि त्यो कुराको कुनै आधार छैन।

आधार बिनाको कुरा गर्नुको कुनै तुक रहदैन। जस्ता काण्ड होस वा भर्खरै सृजना गरेको जिल्लाको सिमाङ्कनमा लिखु गाउँ पालिका र बेल्कोट गढी नगर पालिका गायब गरीएको काण्ड किन नहोस यो सबै नेपाली कांग्रेस भित्रकै दुई उपगुट केसी र महतको जुँगाको लडाई बीच केसी पक्षबाट रचना गरीएको नाटक मात्र हो नाटक त मञ्चन गरे तर परिणाम भने शुन्य नै आयो।पानी धमिल्याएर माछा मार्न खोजे पनि सबै माछा मार्न सम्भब छैन भन्ने कुराको हेक्का हुन जरूरी छ। नेपालको राजधानी काठमाण्डौबाट नजिकै रहेको जिल्ला बत्ति मुनीको अध्यारो भई रहदा डा.महतले नै बिकासका पूर्वाधारहरू लगेर बिकासको मार्गमा नुवाकोटलाई लम्काएकै हुन।राष्ट्रको अर्थतन्त्रमा यिनको योग्दानलाई हामीले भुल्नु हुँदैन पनि तर बर्तमान समयमा डा.महतलाई नै नराम्रो बनाउनका लागि गरीएका हर्कतले भने देश भरीका कांग्रेसीहरू दुखी छन।सिमाङ्कनका बिषयमा डा महत र अर्जुन नर्सिह केसी बिच छलफल भई सकेको र आफ्नो क्षेत्रको भूभागलाई यथा स्थितिमा राख्ने निर्णय अनुसार नै अगाडी बढी क्षेत्र नं २ चौघडाका केहि वडाहरू र अन्य केहि गाबिसलाई टुक्राउन नदीएको भन्ने कुरा जानकारीमा आएको हो।यस बिषयमा उहाँको क्षेत्रका बिषयमा बोल्ने अधिकार डा. महतलाई छ।

बिशेष गरी नुवाकोट क्षेत्र नं २ का लागि ,मोटर बाटो,बिद्यालय भबन,खानेपानी, सिंचाइ ,पाटी पौवा,मठ मन्दिर, गुम्बा,बिजुलि बत्ती,खेल मैदान, पुल निर्माण जस्ता धेरै किसिमका कार्यहरू सम्पन्न गरेकोमा डा.महत र रमेशकुमार महतलाई भुल्नु हुँदैन।आज सम्मको नुवाकोट बिकाशको इतिहासमा एमाले र माओबादीले गरेको बिकाशका कुनै एक उदाहरण हामी माझ छैन बास्तबिकतामा भन्नै पर्दा पंचायति कालमा केहि हद सम्म काम गरेका थिए डा.प्रकाश चन्द्र लोहनी र जितसिंह खड्काले । उहाँहरूलाई पनि हामीले सम्झनु पर्छ। जनताले हाम्रालाई होइन राम्रालाई भोट दिनु पर्छ जात जाति,धर्म लिङ्ग होइन सामाजिक बिकाश रोज्नु पर्छ । बोल्ने लाई होइन गर्ने लाई खोज्नु पर्छ । जस्ले सामाजिक बिकास गरेको छ उसैलाइ मत दिनु पर्छ भन्ने मान्यता हो।डा.महतले गरेका काम मध्य एक उदाहरणीय ड्वाचे खानेपानी आयोजना हो। यो एउटा धेरै ठुलो एेतिहासिक काम हो जो कि हाम्रो कल्पना भन्दाको बाहिरको कुरा थियो।त्यहि कुरा गर्दा डा. महतलाई चुनावी मागी खाने भाडो हो भन्थे बिपक्षीहरू अहिले त्यहि खानेपानी आयोजनाबाट बगेको पानी खानीगाउँ सम्मका बासीन्दाले उपभोग गर्दै छन। अब केहि कुरा गरौ राजनितिका बारे नुवाकोटमा महत र केसी दुवै कांग्रेसमा आबद्ध भए पनि बिगत २०/२१ बर्ष देखि नै दुई उपगुटमा बिभाजित हुँदै आएका हुन तर बास्तबिकता के थियो र के हो भन्ने बारे अझै नुवाकोटे जनता अन्धधुन्दैमा छन्।यी दुई बीचको मतभेदले कांग्रेसी कार्यकर्ता बीच नै मतभेद सृजित भएको छ।अझै केहि दिन अगाडी भएको जागरण सभा कार्यक्रमको झडपले २ समुह बीचको मतभेद सतहीमा आएको छ।

यसो हुनु भनेको पक्कै पनि राम्रो कुरा होईन।जुन ब्यक्तिहरू कार्यक्रम बिथोल्न पुगेका थिए तीनीहरू माओबादीका वाईसियलका कार्यकर्ता र केसी गुटका बिनोद पाठक मातहातका कांग्रेस नै हुँ भन्नेहरूको जमात थियो।आखिर यो किन र के का लागि थियो भन्ने कुराको जवाफ खुदै उनीहरूलाई पनि थाहा छैन।ब्यक्तिगत रीसिईबीको पराकाष्ट हो ढिकुरे घटना। नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नं २ का सांसद डा. राम शरण महतको छबि धमिल्याउन खोज्नेहरू आफै समाजबाट नाङ्गिदै छन।गाउँ पालिका र नगर पालिका गायव भएको भन्दै आन्दोलन गर्नका लागि उक्साईएको जनताको आन्दोलनमा उपस्थिति न्युन हुँदै जानु,घटनाको बास्तबिकता के हो भन्ने बारे ७०% नुवाकोटका बासिन्दाले बुझी सकेका छन।त्यस कारण जीत जहिले पनि सत्यको पक्षमा मात्रै हुने छ।क्षणिक यातना र पीडा भोग्नु परे पनि परिणाम डा.महतको पक्षमा आउँनेमा दुई मत हुनै सक्दैन।जति पनि भ्रमको खेति गरे ती सबैको कुनै अर्थ रहने छैन।हाम्रा समाजमा धमिलो पानीमा माछा मार्न खोज्नेको जमात थुप्रै छन्।

जय नेपाल।