नेपाली चिकित्सकलाई पाकिस्तानको स्वर्णपदक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाली चिकित्सकलाई पाकिस्तानको स्वर्णपदक



काठमाडौँ- चितवनका डा. सोमराज लामिछानेले पाकिस्तानको युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट‘ बेस्ट ग्राजुएट गोल्डमेडल’ पाउने भएका छन् ।

उनले सन् २०१८ मा उक्त विश्वविद्यालयबाट एमएस न्युरोसर्जरी कोर्स पुरा गरेका थिए । उनले सन् २०१२ मा उक्त कोर्स पदन सुरु गरेका थिए | न्युरोसर्जरीमाउक्त विश्वविद्यालयबाट उनी पहिलोपटक स्वर्णपदक प्राप्त गर्ने नेपाली हुनेछन | स्वर्णपदक र प्रमाणपत्र यहि फेब्रुअरी २४, २०२२ मा प्रदान गरिनेछ ।

डा. सोमराज लामिछानेले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका थिए । हाल उनी लुम्बिनी मेडिकल कलेजमा अध्यापन गरिरहेका छन् ।