दृष्टिविहिन गायक सन्जय फ्राउनफेल्डरको बाध्यता सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दृष्टिविहिन गायक सन्जय फ्राउनफेल्डरको बाध्यता सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख २ 

नव वर्ष २०७४को शुभकामना सहित संगम डिजिटल प्रा.लीले सन्जय फ्राउनफेल्डरको प्रस्तुतिमा नयाँ लोक गीत “ बाध्यता” सार्वजनिक गरेको छ ।

धेरै लामो समय देखी लोक सङ्गीतको क्षेत्रमा लागि परेका गायक सन्जय फ्राउनफेल्डर आफूमा दृष्टिबिहिन छन् उनको बध्यता एका तिर छदै छ तर यो गीतमा भने माया प्रेमलाई मुख्य विषय बस्तु बनाएर गीत तयार गरिएको छ । सागर विरहिको शब्द/ सङ्गीतमा सन्जयले मिठो स्वर भरेका छन् ।

गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल सरिका के.सी र सागर विरहीको मन छुने अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशनमा तयार भएको भिडियोलाई राजेश घिमिरेले खिचेका छन् भने अमर शाक्यको सम्पादन रहेको छ । हिमाल पोस्टको तर्फबाट दृष्टिबिहिन गायक सन्जयलाई सफल साङ्गीतिक जीवनको शुभकामना ।