डा. गोविन्द केसी फेरी आमरण अनशन बस्ने,के हेर्दै छ सरकार ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

डा. गोविन्द केसी फेरी आमरण अनशन बस्ने,के हेर्दै छ सरकार ?



२५ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई ८ दिने अल्टिमेटम दिएका छन् । नभए असोज ३ गतेबाट नवौं आमरण अनशन बस्नेछन् ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा ऐन नआउँदा आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवेदन विपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने खोजिएको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाअधियोग लगाउनु पर्ने आफ्नो माग सुनुवाई हुनुको साटो सार्वजनिक महत्वको प्रस्तावमाथि समेत छलफल नभएको तथा चिकित्सा शिक्षा ऐन अघि नबढेको उनको आरोप छ ।

आफूसँग भएको सम्झौता उल्टाउने षड्यन्त्र भइरहेको डा. केसीले भनेका छन्, ‘विभिन्न चलखेल रोक्न तथा अहिलेसम्म भएका सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन ष्र्न सरकारलाई हामी यसै विज्ञप्तिमापर्लत आगामी असोज २ गतेसम्मको अल्टिमेटम दिन चाहन्छौं ।’

डा. केसीले अहिलेसम्म आफूसँग भएको सम्झौता अक्षरश कार्यान्वयन नभए असोज ३ गतेदेखि पुनः आमरण अनसन बस्ने घोषणा गरेका छन् ।