दुबईमा खतरनाक दुर्घटना: १६ नेपाली घाइते, पाँचको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुबईमा खतरनाक दुर्घटना: १६ नेपाली घाइते, पाँचको मृत्यु



काठमाडौं । संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ ।

अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५:३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना नेपाली घाइते भएको र तीमध्ये तीनजनाको अवस्था चिन्ताजनक भएकोले आइसियुमा राखिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बाह्रखरीलाई जानकारी दिएका छन् ।

राजदूत ढकालका अनुसार दूतावासले घाइतेको उपचारका लागि आवश्यक सबै प्रक्रियामा सहयोग गरिरहेको समेत जानकारी गराए ।

यूएईस्थित नेपाल दूतावासका अनुसार २४ जना सवार मिनिबसमा १८ जना नेपाली थिए । जसमा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरु कुन मुलुकका हुन् भन्‍ने खुल्न सकेको छैन ।

राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालहरु भर्ना भएका माफराक र अन्य अस्पतालमा पुगेका छन् । दूतावासले भनेको छ, “हामी ती कामदार भएको कम्पनीको सम्पर्कमा छौं । विस्तृत विवरण प्राप्त गर्नेवित्तिकै सार्वजनिक गर्नेछौं ।”

गल्फ न्यूजका अनुसार लरीसँग ठोक्किँदा दुर्घटना भएको मिनबसमा सवार ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

फाइल फोटो