दुबई सवारी दुर्घटना: ६ नेपाली सहित ८ जनाको मृत्यु (नामसहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दुबई सवारी दुर्घटना: ६ नेपाली सहित ८ जनाको मृत्यु (नामसहित)



-समीर प्रकाश पाण्डे /दुबई

दुबईको शेख मोहम्मद बिन जायद रोडमा सोमबार बिहान सडक दुर्घटना भएको छ । मिर्डीफ सिटी सेन्टर अगाडि १४ सीट फर्स्ट सेक्युरिटी ग्रुपको मिनी बस सामान सहितको टेलरसँग ठोक्कीएको थियो ।

दुर्घटनामा बस चालक सहित सात यात्रुहरूको घटनास्थलमै मृत्यु भएको थियो भने ६ यात्रु घाईते भएका थिए । घाईतहरु स्थानिय राशीद अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्य दुई को अवस्था गम्भिर छ । चारजनालाई सामान्य चोट लागेको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा ६ जना नेपाली, एक भारतीय र एक पाकिस्तानी रहेको दुबई प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासका श्रम कन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए ।