भारतको चन्डिगढमा दुई नेपाली युवाहरूको डुबेर मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतको चन्डिगढमा दुई नेपाली युवाहरूको डुबेर मृत्यु



चंडीगढ : मृत्यु मानव जीवन को अत्यान्तै दुखद समय हो । हुन त मृत्यु प्राकृतिक सत्य पनि हो जसले परिवार र आफन्तहरूलाई पिडा र दर्दमात्र दिन्छ तर कैयनलाई त्यो दुखदर्द क्षणिक तथा आंशिक हुनसक्छ। तर वाग्लुङका दुई युवकहरूको परिवार मा अति सङ्कट छाएको छ युवा संरक्षक नै गुमाउनु पर्दाको पिडा असहाय र कष्टको गुनासो पोख्दै मृतकहरूका आफन्त इन्द्र थापाले भन्नुभयो ।

वाग्लुङ जिल्ला, गल्कोट नगरपालिका वार्ड १ दुदिलाभाटी, स्थायी निवासी श्री बल बहादुर थापाका छोरा स्व.राजकुमार थापा वर्ष ३३ का भारतको चन्डिगढ मनिमाजरामा श्रीमती र २ छोरीहरू वर्ष ५ र २ महिनाका बालिकाहरू समेत बस्थे र कैटरिंग को काम गर्दथे । यस्तै वाग्लुङ जिल्ला, गल्कोट नगरपालिका वार्ड १ दुदिलाभाटीका अर्का व्यक्ति श्री नर बहादुर थापाका छोरा स्व.चन्द्र थापा वर्ष ३८ पनि चंडीगढ कै दरिया गाउँमा श्रीमती र १० वर्ष र ५ वर्ष का २ छोरीहरू समेत बस्दथे र उनले पनि कैटरिंग को काम गर्दथे । उनीहरू दुवैजना दिनांक ०३-०५-२०१९ को पंचकुला हरियाणाको थापली गाउँमा करिब एक दर्जन जति साथीहरूसँगै पिकनिक गायक थिए । वहा उनीहरू २ जना खोलामा नुहाउदै गर्दा डुब्न पुगेर केही मिनट मै मृत्यु वरण गर्न पुगे ।त्यसपछि पुलिस र स्थानीय को मद्दत मा पंचकूला सेक्टर ६ को जनरल अस्पतालमा उनीहरूको शव ल्याइएको थियो ।

दीनांक ०४-०५-२०१९ को परिवारको रोहवरमा पोस्टमार्टम गराइ दुवै शवको दाहसंस्कार गरिएको छ । सयौँ नेपालीहरूको उपस्थिति रहेको दाहसंस्कार स्थलमा अत्यन्तै शोकाकुल माहौलमा श्रीमती हरू र बच्चाहरूको कारुणिक चीत्कार को बिच राजकुमार थापा र चन्द्र थापाको संस्कार गरिएको छ ।संस्कार पछि उपस्थित सवैजनाले मृतकहरू प्रति श्रद्धाञ्जली अर्पित गर्दै २ मिनट मौनधारण गरेका थिए भने मृतक का परिवारजन प्रति शोकसमवेदना प्रकट गरेका थिए।